विराटनगरमा आज नेकपाको एकता सन्देश सभा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्दैछ।
पार्टी एकताको सन्देश दिन नेकपाले सातै प्रदेशमा एकता सभा गर्दैछ । जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुला मैदानमा दिउँसो १२ बजेबाट सुरु हुने सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, तथा नेता भीम रावललगायत शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइएको छ ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही र गण्डकी प्रदेशको पोखरामा सभा गरिसकेको छ । प्रदेशहरुमा एकता सभा सकिएपछि जिल्ला र स्थानिय तहमा पनि एकता सन्देश लिएर जाने नेेकपाले जनाएको छ ।












