नेपाल राष्ट्र बैंकले बाढी–पहिरो पीडित उद्यमीका लागि कर्जा पुनर्सरचनाको व्यवस्था

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाल राष्ट्र बैंकले बाढी–पहिरो पीडित उद्यमीका लागि कर्जा पुनर्सरचनाको व्यवस्था

काठमाडौ । हालैका बाढी तथा पहिरोका कारण ठूलो मात्रामा प्रभावित भएका उद्यमी तथा व्यवसायीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ राहत व्यवस्था सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्दै प्रभावित जिल्लाका ऋणीहरूका लागि कर्जा पुनर्सरचना तथा पुनर्तालिकीकरणको विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।

समीक्षामा अनुसार, इलामसहित प्राकृतिक विपत्तिबाट प्रभावित अन्य जिल्लाका उद्यम र व्यवसायहरूले अब न्यूनतम १० प्रतिशत ब्याज तिरेर एकपटकका लागि कर्जा पुनर्संरचना गर्न वा पुनर्तालिकीकरण गर्न सक्नेछन्। यसले विपत्तिबाट भौतिक तथा आर्थिक रूपमा क्षति व्यहोरिरहेका व्यवसायीलाई तात्कालिक राहत मिल्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो राहत प्रक्रिया सहज बनाउने व्यवस्था मिलाइने उल्लेख गरेको छ। प्राकृतिक प्रकोपले प्रभावित उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यो नीति प्रभावकारी हुने बैंकको दाबी छ।

बाढी तथा पहिरोका कारण व्यावसायिक गतिविधि ठप्प भएको, आम्दानी स्रोत कमजोर भएको र कर्जा असुलीमा समस्या देखिएको परिस्थितिमा यस्तो कदमलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने अनुमान गरिएको छ।