पोखरामा हुने जेनजी कार्यक्रम बिथोल्ने प्रयास, एमालेमाथि आरोप

User Image Prime TV News ३ महिना अगाडि
Image of पोखरामा हुने जेनजी कार्यक्रम बिथोल्ने प्रयास, एमालेमाथि आरोप

काठमाडौ । जेनजी अगुवा संयोजक सुदन गुरुङले नेकपा एमालेमाथि पोखरामा हुने जेनजी कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।

गुरुङले सामाजिक सञ्जालमा लेख्दै भने, “पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबासँग दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।”

उनले थपे, “हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन।” गुरुङले आफ्नो कदम रोक्ने योजना नभएको पनि स्पष्ट पारेका छन्।