सुन–चाँदीको मूल्य सोमबार पनि बढ्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सोमबार पनि सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन आइतबारको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँभन्दा १,४०० रुपैयाँ बढी हो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँमा कायम भएको छ । जसले ४५ रुपैयाँको वृद्धिलाई देखाउँछ।












