केन्द्रीय समिति बैठक अघि कांग्रेस पदाधिकारी बैठक बस्दै

User Image Prime TV News २ घण्टा अगाडि
Image of केन्द्रीय समिति बैठक अघि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय पदाधिकारी बैठक बोलाएका छन्।

केन्द्रीय समिति बैठक बस्नु अघि खड्काले पदाधिकारी बैठक बोलाएका हुन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी अनुसार मध्यान्ह पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका र एजेण्डा सम्बन्धी छलफल हुने छ।

नेताहरूका अनुसार, कार्यवाहक सभापति खड्काले पुस अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन्। पदाधिकारी बैठकपछि दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक पनि बोलाइएको छ।

यस बैठकमा महाधिवेशनका अन्य महत्वपूर्ण तयारी र निर्णयहरू गरिने अपेक्षा गरिएको छ। निर्वाचन अघि पार्टीको महाधिवेशन गर्ने कि पछि भन्ने विवादले गत असोज २८ गते देखि सुरु भएको कांग्रेस बैठक निष्कर्षमा पुग्न सकेको छैन ।