मेयर बालेन शाहका पिता रामनारायण शाहको निधन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण शाहको निधन भएको छ ।
केही समयदेखि बिरामी रहेका उनी नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत थिए। अस्पताल स्रोतका अनुसार शाहलाई आइतबार अस्पताल लगाउँदा नै होस थिएन र अवस्था गम्भीर रहेको थियो । उपचारको क्रममा सोमबार शाहको निधन भएको हो ।
पिसाबसम्बन्धी संक्रमण देखिएको संक्रमण शरीरमा फैलिएको बताइएको छ । निधनको दिन प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् र रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। रामनारायण शाहका पत्नी, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।












