चलचित्र क्षेत्र सञ्चार मन्त्रालय मातहत नै राख्नुपर्छः मन्त्री खरेल

User Image Prime TV News ४८ मिनेट अगाडि
Image of चलचित्र क्षेत्र सञ्चार मन्त्रालय मातहत नै राख्नुपर्छः मन्त्री खरेल

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारे । उनले चलचित्र क्षेत्रसंग सम्बन्धी केहि संघसंस्थाहरुले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।

समिति बैठकमा सरोकारवालासंग बसेर उनीहरुको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको भन्दै मन्त्री खरेलले यस पटक चलचित्र विधेयकलाई उपलव्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने बताए । त्यस्तै मन्त्री खरेलले चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने पनि बताए ।

चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने भन्दै मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए ।