नेपाल एयरलाइन्सका चालक दल सदस्य दोहामा सुन तस्करीको आरोपमा पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल एयरलाइन्सका चालक दल सदस्य दोहामा सुन तस्करीको आरोपमा पक्राउ

काठमाडौ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्।

दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र आठ तोला सुन बरामद भएको जानकारी दिएको छ। उक्त घटना नोभेम्बर २९ मा उडान नम्बर आरए २४०, जो दोहाबाट काठमाडौँ आउँदै थियो । विमानस्थल भन्सार जाँचमा तिवारीसँग आठ तोला सुन फेला परेको थियो।

यस कारण उडान करिब ३५ मिनेट ढिला भएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटनाको पुष्टि गरेका छन्। घटनापछि तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको छ।