काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा ६ वटा शव फेला

User Image Prime TV News एक बर्ष अगाडि
Image of काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा ६ वटा शव फेला

काठमाडौ । काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसपी अपिल बोहराका अनुसार, फेला परेका सबै शवहरू पूर्ण रूपमा जलेको अवस्थामा छन्। शवहरूलाई पहिचान तथा पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा आगलागीको कारण खुलाउन फारेंसिक परीक्षण तथा अन्य प्रक्रिया अघि बढाइएको प्रहरी जनाएको छ।