पृथ्वीसुब्बा गुरुङले महासचिव पदको दाबी गरे, ओलीलाई अध्यक्ष बनाउन समर्थन

User Image Prime TV News ३ महिना अगाडि
Image of पृथ्वीसुब्बा गुरुङले महासचिव पदको दाबी गरे, ओलीलाई अध्यक्ष बनाउन समर्थन

काठमाडौ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११औँ महाधिवेशनमा महासचिव पदको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “महासचिव नै दाबी गरिरहेको छु नि मैले। दाबी त गर्न पाइयो नि।” गुरुङले महाधिवेशनमा केपी शर्मा ओली लाई पार्टीको अध्यक्ष तेस्रोपटक बनाउने पक्षमा आफू उभिएको पनि जनाए।

उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताए । "जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबले पनि केपी ओली ११औँ राष्ट्रिय महाधिवेशनबाट एमालेको अध्यक्ष बन्नुपर्छ । त्यसकारण मैले समर्थन गरेको हो । उहाँलाई बनाउनुपर्छ," गुरुङले भने ।

उनले परिवारको सदस्य हुँदैमा जबजको उत्तराधिकारी नहुने बताए । एमालेको ११औँ महाधिवेशन मंसिर २७–२९ मा काठमाडौंमा आयोजना हुँदैछ।