सहकारीपीडितको आन्दोलन जारी: सरकारले हाम्रो माग सम्बोधन गरेन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सहकारीमा डुबेका रकम फिर्ता पाउने माग राख्दै सहकारीपीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयअगाडि प्रदर्शन जारी राखेका छन्। मंसिर ५ गतेदेखि सुरु भएको आन्दोलन सोमबार पनि जारी रहेको छ।
आन्दोलनकारीहरूले बचत फिर्ता, रकम हिनामिन गर्ने जिम्मेवारमाथि कारबाही र सहकारी व्यवस्थापनमा पारदर्शिता जस्ता माग राखेका छन्। सहकारीका पीडितहरुले आफूहरुको रकम डुबेको र विगत तीन वर्षमा रत्नपार्कमा १०८ दिन र तीनकुनेमा ६३ दिनसम्म आन्दोलन गरिएको वताए ।
तर सरकारले आफूहरुको माग सुनुवाई नगरेको आरोप लगाए । उनले ‘जेनजी’ आन्दोलनपछि बनेको नागरिक सरकारले पनि हाम्रो माग पूरा नगरेको बताए। प्रदर्शनमा सहभागीहरूले सहकारीपीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्न सरकार जिम्मेवार हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।













