कांग्रेस कार्यसमितिको म्याद माघ मसान्तसम्म थप
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल दुई महिना विस्तार गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तमै सकिन लागेको अवस्थाले पार्टी सञ्चालन र आगामी गतिविधि तयारीमा प्रभाव पर्न सक्ने भन्दै म्याद थपिएको बताइएको छ।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिको म्याद बहुमत निर्णयमार्फत अधिकतम एक वर्षसम्म थप्न सकिन्छ। तर यसपटक केन्द्रीय समितिले २ महिना मात्र थप गर्ने निर्णय लिएको हो। म्याद विस्तारसँगै कांग्रेसले आगामी महाधिवेशन तथा संगठन पुनर्सरचना सम्बन्धी कार्यतालिका समयमै पूरा गर्ने तयारीलाई सहज बनाएको छ।













