नेप्सेमा सामान्य गिरावट, कारोबार ४ अर्ब ७० करोड नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४.२८ अंकले ओरालो लाग्दै २६४५.२४ विन्दुमा बन्द भएको छ। सूचकमा कमजोरी आए पनि बजारको कुल कारोबार रकम उल्लेख्य रूपमा उच्च देखिएको छ।
आज ३२५ कम्पनीका १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। क्षेत्रगत सूचकमा विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन र माइक्रोफाइनान्स समूहबाहेक बाँकी सबै समूहमा गिरावट देखिएको छ । जसले समग्र बजार वातावरण केही दबाबमा रहेको संकेत गरेको छ ।
उतारचढावबीच केही कम्पनीले आज सकारात्मक प्रदर्शन देखाए। सागर डिस्टिलरी र स्वस्तिक लघुवित्त का सेयरमा पोजिटिभ सर्किट लागेको छ। झापा इनर्जी र श्रीनगर एग्रो का सेयर ९.९९ प्रतिशतले बढेको छ । उता, निफ्रा ग्रीन इनर्जी डिबेञ्चर सबैभन्दा बढी गिरावटमा रह्यो, जसको सेयर ९.५१ प्रतिशतले घटेको छ ।
युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो भने जसको कारोबार २७ करोड १० लाख रुपैयाँले भयो । त्यसलाई पछ्याउँदै हिमालयन रिइन्स्योरेन्स ले १५ करोड ३८ लाख रुपैयाँ बराबर सेयर कारोबार गरेको छ ।












