कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष दाहाल बिच भेटवार्ता
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल बिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारी र अध्यक्ष दाहाल बिच भेटवार्ता भएको हो । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनकोलागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका थिए ।
साथै उनले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएका थिए ।
साथै अध्यक्षले निर्वाचनको काममा राष्ट्रिय सभाले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।













