लोन प्याकेजमा पुनरावलोकनको आवश्यकता छः गभर्नर पौडेल

User Image Prime TV News ५१ मिनेट अगाडि
Image of लोन प्याकेजमा पुनरावलोकनको आवश्यकता छः गभर्नर पौडेल

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले आफ्नो ‘लोन प्याकेज’हरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाजको २९औं वार्षिक साधारणसभामा गभर्नर पौडेलले भने, “बैंकहरूको लोन प्याकेजहरूलाई पुनरावलोकन गर्ने बेला आएको छ। उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरूले ती प्याकेजहरूलाई नयाँ ढंगले डिजाइन गर्नुपर्छ।”

उनले वर्तमान लोन प्याकेजहरूको डिजाइन नहुँदा प्रभावकारी रूपमा ऋण प्रवाह हुन नसकेको र यसका कारण बैंकहरूमा ठूलो रकम थ्रुपिएको बताए । “बैंकहरूको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउँदा ऋण प्रवाहमा कठिनाइ आएको छ। यस विषयमा म आगामी हप्ता बैंकका सीईओहरूसँग छलफल गर्ने योजना बनाइरहेको छु,” गभर्नर पौडेलले बताए।

गभर्नर पौडेलले मौद्रिक नीतिमा गरिएको लचीलापनको बारेमा पनि धारणा प्रस्तुत गर्दै भने, “यो लचिलो नीति कृषि, पर्यटन लगायतका उद्यमी व्यवसायीहरूको लागि ऋण सहजता थप्नेछ। हामीले उद्योगी व्यवसायीहरूलाई समस्यामा पर्ने अवस्था आउन नदिने सुनिश्चित गर्नेछौं।”

साथै, गभर्नर पौडेलले बैंकहरूको महानगर भित्र शाखा खोल्न र गाभ्ने विषयमा मौद्रिक नीतिले स्वतन्त्रता दिएको उल्लेख गर्दै भने, “यसले बैंकहरूको नाफा बढाउने र मुनाफा खुलाउने प्रक्रियालाई थप सघाउ पुर्याउनेछ।”