सरकार र जेनजी पदाधिकारीबीचको वार्ता स्थगित, भोलि नयाँ मिति निर्धारण

User Image Prime TV News ४७ मिनेट अगाडि
Image of सरकार र जेनजी पदाधिकारीबीचको वार्ता स्थगित, भोलि नयाँ मिति निर्धारण

काठमाडौ । सरकार र जेनजी समूहका पदाधिकारी बीच आज हुने भनिएको वार्ता स्थगित भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुबाको निधनको कारण वार्ता स्थगित गरिएको बताइएको छ ।

जेनजीका सुदूरपश्चिम संयोजक खेमराज साउदले भने, “मेयरसाबको बुबाको निधन पछि सरकारका मन्त्री र जेनजी पदाधिकारीहरू पशुपति आएका छौँ, त्यसैले आजको वार्ता स्थगित गरिएको हो। अब वार्ता भोलि (मंगलबार)का लागि तय गरिएको छ।”

सरकार र जेनजी पक्ष बीचको वार्ता चरणबद्ध रुपमा भइरहेको छ। यो वार्ता जेनजी विद्रोहलाई संस्थागत गर्ने र प्रदर्शनलाई ‘जनआन्दोलन’को रूपमा मान्यता दिने विषयमा केन्द्रित छ। जेनजी समूहले गत कात्तिक २८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई नौबुँदे मस्यौदा बुझाएका थिए । जसमा जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने आग्रह गरिएको थियो।

गत बुधबार सिंहदरबारमा भएको चार घण्टाको छलफल केही बुँदामा असन्तुष्टि जनाएपछि निष्कर्षविहीन बनेको थियो। जेनजी समूहले तयार गरेको नौबुँदे मस्यौदामा अबको प्रक्रिया राष्ट्रपतिसमक्ष जस्ताकोतस्तै लगेर प्रमाणित गर्नुपर्ने अडान राखेका छन् । 

यस घटनासँगै, सरकारले वार्ता स्थगित भएको कारणका बारेमा केही थप टिप्पणी नगरे पनि जेनजी समूहका पदाधिकारी र सरकारका प्रतिनिधिहरूले फेरि भोलि बिहान नयाँ मितिमा वार्ता पुनः आरम्भ गर्ने तयारी गरेका छन्।