पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउँछः विश्वप्रकाश शर्मा

User Image Prime TV News ५३ मिनेट अगाडि
Image of पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउँछः विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए ।

उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव समेत दिए । शर्माले सभापति शेर बहादुर देउवाले नियमित महाधिवेशनबाट आफु विदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने जिकिर गरे ।

उनले नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सवै तहमा नेतृत्व लिनका लागि तयार भएर बस्न आह्वान समेत गरे ।