जेनजी आन्दोलनलाई सरकारी मान्यता: भदौ २३ ‘जेनजी सहिद दिवस’ का रूपमा घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी आन्दोलनलाई सरकारी मान्यता: भदौ २३ ‘जेनजी सहिद दिवस’ का रूपमा घोषणा

काठमाडौ । नेपाल सरकारले भदौ २३ गतेलाई अबदेखि ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको बलिदानलाई राज्यले औपचारिकरूपमै सम्झिनुपर्ने निर्णय गर्दै यो दिनलाई स्मृतिदिनका रूपमा स्थापित गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को निर्णय आजैदेखि लागू मानिनेछ। सरकारले सहिद परिवारलाई सम्बोधन गर्ने अर्को कदम पनि चालेको छ।

जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूका परिवारका आमा, बुबा, जीवनसाथी तथा अविवाहित छोराछोरीलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने तयारी सरकारले गरेको छ।

परिचयपत्रका माध्यमबाट सहिद परिवारको औपचारिक पहिचान सुनिश्चित हुनेछ र भविष्यमा राज्यका विभिन्न सहयोग कार्यक्रममा समन्वय सहज हुने बताइएको छ।