मंगलवार तपाईको राशिफल कस्तो छ ?
Prime TV News एक घण्टा अगाडि 
यो धत्ते निजमाय यैव भुवनाकारं विकारोज्झिता, यस्याहुः करुणाकटाक्षविभवौ स्वर्गापवर्गा भिधौ ।
प्रत्यग्वोध सुखादयं हृदिसदा पश्यन्ति यं योगिनस्तमै शैलसुताञ्चितार्धवपुषे शश्वन्नमस्तेजसे ।
जोे निर्विकार भएर पनि आफ्नो मायावाट नै विराट विश्वको आकार धारण गर्नुहुन्छ । स्वर्ग र अपवर्ग मोक्ष जसका कृपाकटाक्षको नै वैभव मानिन्छन् र योगीहरु जसलाई सदा आफ्नो हृदयका भित्र अद्वितीय आत्मज्ञानानन्द स्वरुपमा नै देख्दछन् यि नै तेजमय भगवान शंकरको आधा शरीर शैलराज कुमारी पार्वतीवाट सुभोभित छ वहाँलाई निरन्तर प्रात कालमा नमन गर्दछ ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष द्वादशी तिथि अश्विनी नक्षत्र मंसिर महिनाको १६ गते आज मंगलवार तदनुसार २ डिसेम्वर २०२५ कौलव करण अमृत योग, मेष राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ८ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३९ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ६ मिनेट साझमा रहेको छ ।
आजको राशिफल :-
मेषः– खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहोर्याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।
बृष:- अरुको बारेमा चासो र।ख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त हुनेछ आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला समयको गतिलाई पछयाउने प्रयासगर्नुहोला बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ ।
मिथुनः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने दुेखिन्छ । वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भन पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।
कर्कट:- सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्षृ समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला ।
सिंहः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही चिजहरु त्याग्नु पर्ने देखिन्छ अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।
कन्या:- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएकोृ कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।
तुलाः– परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला उपलब्धि विहीन काममा समय बित्ने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।
बृश्चिक:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनृेछन् । आटेका काममा सफलता मिल्ने छ ।
धनु:- प्रारम्भमा मन मिल्ने साथी भेटनुका साथै प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ । मध्यान्हपछि परिस्थिति वस समस्यामा परिएला विरोधीहरु बढनाले चुनौतिहरु देखा पर्न सक्छन् । नजिकका साथी भाई टाढिनाले पनि समस्या बढन सक्छ । स्वास्थ्यमा कमजोरी देखा पर्ने छ । अर्थ अभावले आटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । तापनि अपरान्हदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । मिहिनेत गर्दा पद प्रतिष्ठा प्राप्त हुन सक्छ ।
मकर:- भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइनेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका विषयमा लिने बानीले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला झुठा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ ।
कुम्भ:- आफ्नावाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढनेछ समयमा होश नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नो वानीले गर्दा कार्य विग्रन सक्छन् । आकस्मिक खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । थोरै लगानीवाट धेरै मुनाफा उठाउन सकिने छ विभिन्न भौतिक साधन जुटने छन भने मध्यान्ह पछि दिगो फाइदा हुने प्रारम्भ हुने समय छ ।
मीन:- कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।
–ज्यो. घटराज निरौला













