देशका तीन प्रदेशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

User Image Prime TV News ३ महिना अगाडि
Image of देशका तीन प्रदेशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

काठमाडौ । दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभाव कोशी, मधेश र बागमती प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार ती प्रदेशहरूमा अहिले आंशिक बदली छ भने देशका अन्य भूभागमा मौसम सामान्य रूपमा सफैँ रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मात्र आंशिक बदली देखिन सक्ने पूर्वानुमान छ। बाँकी भूभागमा मौसम खुला रहनेछ।

आज राति भने देशभर मौसम मुख्यतया सफा नै रहने विभागले जनाएको छ। साथै कुनै ठूलो मौसमी गतिविधिको सम्भावना नभएको पनि विभागले जनाएको छ ।