चुनाव अघि आफूखुसी उम्मेदवार घोषणा नगर्न रास्वपाको निर्देशन

User Image Prime TV News ३ महिना अगाडि
Image of चुनाव अघि आफूखुसी उम्मेदवार घोषणा नगर्न रास्वपाको निर्देशन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा चुनावकालागि स्वेच्छाले उम्मेदवारी घोषणा गर्न थालेको घटनाप्रति औपचारिक आपत्ति जनाएको छ।

पार्टीले यस्तो गतिविधि रोक्न कडा निर्देशन जारी गर्दै उम्मेदवार चयन प्रक्रियामा केवल आधिकारिक निर्णय नै मान्य हुने स्पष्ट गरेको छ। रास्वपाले जारी गरेको विज्ञप्तिमा रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्र प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्टी विधिअनुसार औपचारिक रूपमा चयन भइसकेको उल्लेख छ।

पार्टीका अनुसार अन्य कुनै पनि क्षेत्रमा उम्मेदवारको नाम टुंगो लागेको छैन र बाहिर फैलिएका दाबीहरू आधारहीन रहेको जनाएको छ । विज्ञप्तिमा हालै केही ठाउँमा नेता तथा सदस्यहरूले व्यक्तिगत रूपमा उम्मेदवारी दावा गर्दै भ्रामक र अपुष्ट जानकारी फैलाएको देखिएकाले यस्तो क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरिएको छ।

आधिकारिक निर्णय नभएसम्म उम्मेदवारसम्बन्धी कुनै पनि वक्तव्य, प्रचार वा गतिविधि नगर्न तथा उम्मेदवार चयन प्रक्रियामा पूर्ण विश्वास राखी अनुशासन र सामूहिक निर्णयको सम्मान गर्न र निर्वाचन तयारीमा एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेको छ ।