सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने केही बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार यसकाे मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँ थियो। यससँगै तेजाबी सुनको मूल्य पनि समान अनुपातमा घटेको महासंघले जनाएको छ।
सुनमा गिरावट देखिए पनि चाँदीमा भने हल्का वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ३ हजार ५३५ रुपैयाँ थियो। महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य, माग–आपूर्ति तथा भन्सार मूल्यका आधारमा दैनिक दर समायोजन गर्दै आएको छ।













