निर्वाचनकालागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेसले गर्यो परिपत्र
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया मंसिर मसान्तभित्र पूरा गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सम्बन्धित निकायलाई स्पष्ट निर्देशनसहित परिपत्र पठाएका छन्।
निर्णयअनुसार, राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी विधानको धारा ३२ को उपधारा ९ (क) अनुसार र प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक सदस्य निर्वाचनतर्फ उम्मेदवारी विधानको धारा ३२ को उपधारा ८ (क) अनुसार प्रस्ताव र सिफारिस गर्नुपर्ने भनिएको छ ।
कांग्रेसले तल्ला निकायबाट उम्मेदवारको नाम मंसिर मसान्तभित्र प्राप्त भएपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको टिकट एकैपटक वितरण गर्ने जनाएको छ।












