महाधिवेशनका लागि तीन महिना आवश्यकः डा. शशांक कोइराला
Prime TV News ३ महिना अगाडि 
चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको महाधिवेशनका लागि पर्याप्त समय आवश्यक रहेको बताएका छन्।
हिजो मात्रै केन्द्रीय सहमतीले यहि पुसको अन्तिम साता महाधिवेशनको मिति र कार्यतालिका पारित गरेको भोली पल्टै नेता कोइरालाको यस्तो धारणा आएको हो । मंगलबार पत्रकारहरूसँगको कुराकानीमा उनले महाधिवेशन कम्तीमा तीन महिना तयारीपछि मात्र सम्भव हुने बताए।
डा. कोइरालाले भने, “समय कम भयो। पुसमा महाधिवेशन सम्भव नभए निर्वाचनपछि गर्ने योजना हुनेछ।” उनले पुसमा महाधिवेशन गर्ने पार्टीको निर्णयमा अझै टुङ्गो नलागेको समेत जनाए। उनले सबै पार्टी सदस्यलाई महाधिवेशनको तयारीमा सक्रिय रहन आग्रह गर्दै जेनजी समूहलाई समेत महाधिवेशनमा सहभागी गराउनुपर्ने जोड दिए।
उता कांग्रेसका महामन्त्री गगन थापाले पुसमा पार्टीको महाधिवेशन नभए विशेष महाधिवेशनलाई कसैले झेक्न नसक्ने बताएका छन् । साथै उनले विशेष महाधिवेशनकालागि तयार रहन पनि सबैलाई अपिल गरेका छन् ।













