मंगलबार नेप्से परिसूचकमा झिनो गिरावट, केही कम्पनीको मूल्यमा ठूलो वृद्धि

User Image Prime TV News ५३ मिनेट अगाडि
Image of मंगलबार नेप्से परिसूचकमा झिनो गिरावट, केही कम्पनीको मूल्यमा ठूलो वृद्धि

काठमाडौ । मंगलबार सेयर बजारमा नेप्से परिसूचक ०.५३ अंक घटेर २६४४.७० मा पुगेको छ। कारोबारको क्रममा दिउँसो १२:५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो । जुन दिनको उच्चतम बिन्दु रह्यो। अघिल्लो दिन नेप्से ४ अंक घटेको थियो भने कारोबार रकम पनि घटेर ४ अर्ब ४८ करोडमा सीमित भएको छ।

कुल १२५ कम्पनीको मूल्य बढ्दा ११९ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनी स्थिर छन्। घटेका समूहमा बैंकिङ ०.५८%, होटल तथा पर्यटन ०.६२%, लगानी ०.०४%, जीवन बीमा ०.५७%, माइक्रोफाइनान्स ०.०६% छन् ।

यस्तै बढेका समूहमा विकास बैंक ०.१७%, फाइनान्स ०.२७%, जलविद्युत् ०.७०%, उत्पादन तथा प्रशोधन ०.५१%, निर्जीवन बीमा ०.२६% रहेको छ । यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

अन्य कम्पनीहरूमा रसुवागढी हाइड्रोपावर ८.६१%, विकास हाइड्रोपावर ६.४८%, दरामखोला हाइड्रोपावर ६.२७% र पिपुल्स हाइड्रोपावर ६.१८% ले मूल्य बढेको छ। सर्वाधिक मूल्य घटेका कम्पनीमा ग्रिन भेन्चर्स ९.८५%, स्टान्डर्ड चार्टर्ड बैंक ३.८८%, पोखरा फाइनान्स २.५०% रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन्।