श्रमदानलाई दिगो विकासको आधार बनाउने हर्क साम्पाङको प्रतिबद्धता
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङ राईले दिगो विकासका लागि श्रमदानलाई अनिवार्य आधारका रूपमा अघि सार्ने घोषणा गरेका छन्।
धरानमा आयोजित कार्यक्रममा पार्टीको घोषणापत्र र एजेन्डा सार्वजनिक गर्दै उनले श्रमलाई विकासको मुख्य ऊर्जा बनाउनुपर्नेमा जोड दिए। साम्पाङले योजनामात्रमा निर्भर विकास ढिलो हुने भएकाले श्रमदानमार्फत जनतालाई प्रत्यक्ष संलग्न गराएर छिटो र प्रभावकारी विकास सम्भव भएको बताए ।
उनले भने,“जनतालाई देश र माटोसँग जोड्न श्रमदान सर्वोत्कृष्ट माध्यम हो,” साम्पाङले भने, “दिगो विकास प्राप्त गर्न जनसहभागिता अनिवार्य छ।” उनले श्रम संस्कृति पार्टी स्थापनाको मूल लक्ष्य श्रमको मूल्याङ्कन र श्रमिकको न्याय सुनिश्चित गर्नु रहेको बताए।
पार्टीले श्रमिकको योगदानलाई नीतिगत रूपमा संस्थागत गर्दै श्रमलाई सम्मानित बनाउने दिशा लिने पनि प्रतिबद्धता साम्पाङले व्यक्त गरे।













