ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव हुँदै

User Image Prime TV News एक घण्टा अगाडि
Image of ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव हुँदै

काठमाडौ । नेपाल हस्तकला महासंघले बुधबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्दन गर्ने उद्देश्यले मंसिर १७ गते बुधबारदेखि २१ गतेसम्म महोत्सवको आयोजना गरिएको जनाएको हो ।

महोत्सवमा हस्तकलाका सामग्री, नेपालका ६० र दक्षिण कोरियाका ४० मुखौटा, बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक लगाएतको प्रदर्शनी रहने महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । उनले हाल देशको परिवर्तनशील अवस्थामा हस्तकला क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए ।

नेपाल सरकारले स्थानीय उत्पादन खरिद गर्ने निर्णय गरेपनि व्यहारमा लागू हुन नसकेको र स्वदेशी बस्तुजस्तै देखिनै आयातित सामानले थप मर्कामा परेको उनीहरुको गुनासो छ । अध्यक्ष शाक्यले बागमति प्रदेश सरकारले हस्तकला ग्राम नीति पारित गरेपनि कार्यविधि र नियमावलीमा अड्कीएकाले थप अन्यौल सिर्जना भएको बताए ।