नेपाली कांग्रेसले सामाजिक विसंगतिका दोषीलाई उम्मेदवार नबनाउने

User Image Prime TV News ३ महिना अगाडि
Image of नेपाली कांग्रेसले सामाजिक विसंगतिका दोषीलाई उम्मेदवार नबनाउने

काठमाडौ । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरूलाई प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका उम्मेदवार नबनाउने निर्णय गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको परिपत्रमार्फत प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिहरूलाई जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरूलाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिइएको छ।

सोमबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार मातहतका निकायहरूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवार तथा राष्ट्रियसभा सदस्यका लागि नाम सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको थियो। कांग्रेसको यस निर्णयलाई सामाजिक न्याय र मानव अधिकारको संरक्षणतर्फको स्पष्ट संकेतका रूपमा हेरिएको छ।