ओलीले सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त

User Image Prime TV News ३ महिना अगाडि
Image of ओलीले सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानभन्दा बढी व्यक्तिको अनुहार हेरेर फैसला गर्ने गरेको टिप्पणी गरेका छन्।

मंगलबार पार्टीको वातावरण विभागले च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन दिएको सर्वोच्च आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै संविधान अनुसार नवनियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए।

ओलीले अदालतको मर्यादा कायम रहनु पर्नेमा जोड दिँदै भने, “परिस्थिति हेरेर वा व्यक्तिको अनुहार हेरेर होइन, संविधान, कानुन र न्यायको आधारमा फैसला हुनुपर्छ।” उनले संविधानविपरीतको फैसला सधैं एमालेको भागमा पर्ने पनि बताए।