मधेश प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

User Image Prime TV News एक घण्टा अगाडि
Image of मधेश प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उनले भोली दिउँसो २ बजे प्रदेश सभामा विश्वासको मत लिने जानकारी गराएका हुन् ।

प्रदेश प्रमुखबाट पत्र प्राप्त भइसकेको र विश्वासको मत लिनका लागि आजै प्रदेश सभा सचिवालयलाई पत्र पठाएको बताएका छन्। यादवले विश्वासको मत लिने प्रक्रियामा विगतमा सहयोग गरेका दलहरूले समर्थन दिने आशा व्यक्त गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश दिएको थियो । जस अनुसार यादवले विश्वासको मत लिने तयारी गरेका हुन् । गत कात्तिक २२ गते विश्वासको मत लिने प्रक्रिया सुरु नहुँदै सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

ठुलो दलको हैसियतले मधेस प्रदेश एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २३ गते प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री नियुक्त गरिन् । भोलिपल्ट अर्थात् कात्तिक २४ गते बिहानै बर्दिबासको होटलमा उनको सपथ गराइएको थियो ।

तर यादवको नियुक्ति र सपथ अवैधानिक रहेको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा नेपाल लगायत दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यादवले विश्वासको मत लिने तयारी गरेपनि प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएकाले मुख्यमन्त्री पद जाने निश्चितजस्तै छ ।