प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईलाई वार्तामा बोलाइन्
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक वार्ताका लागि दुर्गा प्रसाईलाई औपचारिक पत्र पठाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार प्रसाईलाई वार्तामा सहभागी हुन बोलाइएको छ। निर्वाचन सफल बनाउन साना राजनीतिक शक्तिलाई पनि वार्तामा सहभागी गराउनुपर्ने अवस्था कारण प्रसाईलाई वार्तामा बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
केहि दिन अघि मात्र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाई संग भेटवार्ता गरि वार्तामा आउन आग्रह गरेका थिए । प्रसाईले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसंगै सरकारले प्रसाईलाई वार्ताकोलागि आग्रह गर्दै आएको थियो । जस अनुसार प्रसाईले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो ।
प्रसाईले केही दिन अघि पत्रकार सम्मेलन गरि आफ्नो दश बुँदे माग अघि सारेको जानकारी गराएका थिए । यद्यपि, उनका केही मागहरू हालको अवस्थामा पूरा हुने सम्भावना छैन।












