रेशम चौधरीले किन गरे पार्टी छोड्ने निर्णय ?

User Image Prime TV News १० महिना अगाडि
Image of रेशम चौधरीले किन गरे पार्टी छोड्ने निर्णय ?

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक र संरक्षक रेशम चौधरीले पार्टी छोड्ने निर्णय लिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्दै नयाँ पार्टीको घोषणा गरेका हुन् । 

टीकापुर घटनापछि भूमिगत जीवन बिताउँदै निर्वाचन जितेका चौधरीले नागरिक उन्मुक्ति पार्टी स्थापना गरेका थिए। तर पछिल्लो समय उनको पार्टीसँगको सम्बन्ध जटिल हुँदै गएको थियो । यो विवाद खासगरी पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठसँगको आन्तरिक मतभेदमा केन्द्रित बन्न पुगेको थियो । पछिल्ला राजनीतिक घटनाक्रमहरु सम्म आइपुग्दा रेशम र रञ्जिताबिच वोलचाल समेत बन्द हुने अबस्थामा पुगेको छ । 

दुवैको समूह फरक–फरक थियो र उनीहरूको दृष्टिकोण पनि एकअर्कासँग मेल नखाने अबस्था नागरिक उन्मुक्ति पार्टीमा सिर्जना भएको थियो । पार्टी भित्रको विवादको परिणामस्वरूप, चौधरीले आफूले स्थापित गरेको पार्टीलाई छोड्ने निर्णय गरे। चौधरीले भनेका छन्, "म आफूले स्थापना गरेको पार्टीमा अझै काम गर्न सक्दिन। यसले पार्टीभित्रको आन्तरिक सन्तुलनको समस्यालाई झल्काउँछ।"

पार्टी छोडेसंगै चौधरीले आफ्नो नयाँ पार्टीको घोषणा समेत गरेका छन् । पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। चौधरीको यो नयाँ पार्टीको लक्ष्य के हो ? यसबारे भने उनले अझै खुलासा गरेका छैनन् । नयाँ पार्टी गठन गरेसंगै नाउपा पार्टीको भविष्यमा के असर पार्नेछ भन्ने कुरा आगामी दिनहरूमा स्पष्ट हुनेछ।