एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै, प्लेअफ समीकरण निर्धारण हुने
Prime TV News ३ महिना अगाडि काठमाडौ । नेपाल प्रिमियर लिगको २२औँ खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल प्लेअफ दौडका लागि महत्वपूर्ण बनेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेलमा ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाले विराटनगरले एक खेल अगावै प्लेअफ सुनिश्चित गर्नेछ।
रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स पाँच खेलबाट ४ अंकसहित छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जोगाइ राख्न लुम्बिनीका लागि आजको खेल अनिवार्य रूपमा जित्नुपर्ने दबाब छ।
२१ खेल सकिँदा अंकतालिका प्रतिस्पर्धात्मक बनेको छ। सुदूरपश्चिम १० अंकसहित अपराजित रहँदै पहिले नै प्लेअफमा प्रवेश गरिसकेको छ। काठमाडौं र विराटनगर ८–८ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । जहाँ रनरेटका आधारमा काठमाडौं अगाडि छ।
पोखरा चार अंकसहित चौथो स्थानमा छ। चितवन र लुम्बिनीले पनि समान चार–चार अंक कमाएका छन्। दुई–दुई अंक रहेका कर्णाली र जनकपुर अन्तिम दुई स्थानमा छन्। ६ खेल खेलेको कर्णाली सातौँ स्थानमा छ भने जनकपुर पुछारमा छ । जसका दुई खेल बाँकी छन् ।













