पुटिनको चेतावनी: युरोपसँग युद्ध चाहन्नौं, तर लड्न चाह्यो भने रुस तैयार

User Image Prime TV News ३ महिना अगाडि
Image of पुटिनको चेतावनी: युरोपसँग युद्ध चाहन्नौं, तर लड्न चाह्यो भने रुस तैयार

काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपसँग युद्ध रुसले नचाहे पनि आवश्यक परे देश तयार रहेको चेतावनी दिएका छन्।

युक्रेन युद्ध न्युनिकरणका कूटनीतिक प्रयासहरू चलिरहेका बेला आएको पुटिनको अभिव्यक्ति फेरि अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भएको छ।

लगानी मञ्चमा सम्बोधन सकेपछि पत्रकारहरूसँग छोटो संवाद गर्दै पुटिनले युरोपेली देशहरूलाई शान्तिपूर्ण सोच नभएको आरोप लगाए। उनले युरोपले युक्रेन–रुस द्वन्द्व समाधान गर्न अमेरिकाले गरिरहेको प्रयासमै अवरोध सिर्जना गरेको दाबी गरे।

युक्रेनसँगको युद्ध अन्त्यबारे छलफल गर्न पुटिन चाँडै नै अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेट्ने तयारीमा छन्। भेटअघि नै उनले आफ्नो कडा धारणा सार्वजनिक गरेका हुन्।

युरोपको भूमिकाबारे सोधिएको प्रश्नमा पुटिनले भने, “रुस युद्ध अन्त्य गर्ने युरोपको माग स्वीकार गर्दैन। हामी युरोपसँग लड्न चाहन्नौं, तर युरोप लड्न चाहन्छ भने हामी तयार छौं।” उनको अभिव्यक्तिले युद्ध क्षेत्र र कूटनीति दुवैतर्फ तनाव झनै बढ्ने संकेत गरेको बताइएको छ ।