इन्डोनेसियामा प्रकोप: सुमात्रामा बाढी पहिरोले मृत्यु ७०० नाघ्यो, देश शोकमा

User Image Prime TV News एक महिना अगाडि
Image of इन्डोनेसियामा प्रकोप: सुमात्रामा बाढी पहिरोले मृत्यु ७०० नाघ्यो, देश शोकमा

काठमाडौ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनाशकारी बाढी र पहिरोले देशलाई शोकमा डुबाएको छ। मृतकको संख्या ७०० नाघिसकेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् भने कम्तीमा ५०० मानिस अझै बेपत्ता छन् ।

प्रकोपपछि अनुमानित १० लाखभन्दा बढी मानिसलाई घर परिवार छोडेर सुरक्षित क्षेत्रतिर भाग्न बाध्य बनाएको छ। धेरैजसो मानिस हिलोमा फसेको आशंका गरिएको छ । जसले वास्तविक क्षति अझै बढ्न सक्ने बताइएको छ ।

बाढीपीडितहरूले बीबीसीसँग बताएका छन् कि उनीहरूले एक घुट्को स्वच्छ पानी, एक मुठ्ठी चामल र फोन सिग्नल खोज्न घण्टौँ पैदल हिंड्नु पर्ने अबस्था रहेको बताएका छन् ।

अधिकांश सडक बहाव र भग्नावशेषले अवरुद्ध भएकाले एम्बुलेन्स वा गाडी पठाउन असम्भवजस्तै बनेको छ । राहतकर्मीहरूले पैदल, मोटरसाइकल र कहिलेकाहीँ आफ्नो शरीरलाई नै पुल बनाएर पीडितसम्म पुग्ने प्रयास गरिरहेका छन्।

स्थानीय धार्मिक समुदायहरू पनि प्रार्थना, आश्रय र खाना बाँडेर सहयोग गरिरहेका छन् ।