उज्यालो नेपाल पार्टीको घोषणा सभा आज, कुलमान घिसिङले औपचारिक रूपमा उद्घाटन गर्ने

User Image Prime TV News ३ महिना अगाडि
Image of उज्यालो नेपाल पार्टीको घोषणा सभा आज, कुलमान घिसिङले औपचारिक रूपमा उद्घाटन गर्ने

काठमाडौ । उज्यालो नेपाल पार्टीले आज घोषणा सभा आयोजना गर्दैछ। ऊर्जामन्त्री कुलमान घिसिङको सहभागीतामा घोषणा सभा हुन लागेको हो । चुनाव नजिकिँदै गर्दा पार्टीमा सक्रिय देखिएका घिसिङ आजकै सभामार्फत आधिकारिक रूपमा पार्टीमा खुला रूपमा आबद्ध हुने संकेत स्पष्ट भएको छ।

पार्टीद्वारा गत शुक्रबार पत्रकार सम्मेलन अनुसार घोषणा सभामा पार्टीको आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय, तथा घोषणापत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गर्नेछ। पार्टीको सैद्धान्तिक मार्गदर्शन, प्राथमिकता र आगामी कार्ययोजनाबारे विस्तृत रूपमा प्रस्तुत गरिने जानकारी दिइएको छ।

उज्यालो नेपाल पार्टीले समान सोच र दृष्टिकोणका नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ–संस्था, संगठन तथा सरोकारवाला समूहहरूसँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ। पार्टीले नयाँ पुस्ताको सहभागितामा विकसित भएको जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध, सक्षम र परिणाममुखी राष्ट्र निर्माणका लागि सबैलाई संयुक्त पहलमा सहभागी हुन आह्वान गरेको छ ।