क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, पूर्व महानिर्देशक मुरारी भण्डारी पनि नियन्त्रणमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नलिन्चोक हेलिकप्टर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कार्यरत महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ।
आयोगले अधिकारी सँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिइएको छ। दुवै जनालाई भक्तपुरको नलिन्चोक क्षेत्रमा हेलिकप्टर सञ्चालन अनुमति र प्रक्रिया सम्बन्धी अनियमितता तथा भ्रष्टाचारमा संलग्नता रहेको आशंकामा पक्राउ गरिएको बताइएको छ।
अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्न आवश्यक प्रक्रिया अघि बढाउन पक्राउ गरेको हो। दुवैलाई आजै म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। नलिन्चोक हेलिकप्टर प्रकरण पछिल्लो समय लगातार विवादमा रहँदै आएको थियो।
सरकारी अधिकारीको संलग्नता, अनुमति प्रक्रिया तथा वित्तीय अनियमितताको आरोपपछि अख्तियारले विस्तृत खोज तथा अनुसन्धान सुरु गरेको थियो। महानिर्देशक अधिकारी र पूर्व प्रमुख भण्डारी पक्राउ परेसँगै बहुचर्चित यो प्रकरणका बिषयमा थप अनुसन्धान हुने वताइएको छ ।













