अध्यक्ष र महासचिव बाहेकका पदमा आफ्नो उम्मेदवारी रहन्छः उपाध्यक्ष पौडेल

User Image Prime TV News एक महिना अगाडि
Image of अध्यक्ष र महासचिव बाहेकका पदमा आफ्नो उम्मेदवारी रहन्छः उपाध्यक्ष पौडेल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउने बताएका छन् ।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा पौडेलले ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताए । पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको भन्दै उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि पार्टी अघि बढ्ने जिकिर गरे ।

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको उल्लेख गरे । उनले अध्यक्ष र महासचिव बाहेकका पदमा आफ्नो उम्मेदवारी दर्ता हुने उल्लेख गरे । एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने बताए ।