अब देशकै नेतृत्व गर्नुपर्छः कुलमान घिसिङ

User Image Prime TV News एक महिना अगाडि
Image of अब देशकै नेतृत्व गर्नुपर्छः कुलमान घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्व गर्ने समय आएको बताएका छन्।

‘उज्यालो नेपाल पार्टी’को घोषणासभामा प्रमुख अतिथि बनेका उनले भने, “अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ।” घिसिङले पार्टी स्थापना श्रेय अनुप उपाध्यायलाई दिएका छन् र विदेश भ्रमणको अनुभव साझा गर्दै भने, “विदेशमा रहेका नेपालीहरूले देशप्रति कति माया गर्नुहुन्छ भन्ने कुरा प्रत्यक्ष अनुभव भयो।

उज्यालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीहरूको साथ सहयोग प्राप्त भएको मलाई लाग्छ।” आफू संकटको बेला सक्रिय रहेको दाबी गर्दै घिसिङले भने, “जुन बेला देश वा संस्थामा समस्या आउँछ, त्यतिबेला मेरो उपस्थिति रहँदो रहेछ। विद्युत् प्राधिकरण र चिलिमे हाइड्रोपावरमा समस्या समाधानमा संलग्न रहेँ। आन्दोलनपछि मन्त्रीको रूपमा काम गर्न पाएँ।”

उनले परिणाममुखी नेतृत्वको महत्वमा जोड दिँदै भने, “राजनीतिक परिवर्तनका लागि भाषण मात्र पर्याप्त छैन, डेलिभरी दिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा परिणाममुखी हुनु हो। विश्वास गुमेपछि नेतृत्व असफल हुन्छ।”