मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

User Image Prime TV News ३ महिना अगाडि
Image of मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौ । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतमा बहुमत नपुगेपछि पदबाट राजीनामा दिएका हुन्। यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत बनाउन सक्ने प्रदेशसभा सदस्यलाई शुक्रवार साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुगेको देखिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिएका थिए। अब मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक तरिकाले अघि बढिरहेको छ।