तपाईको आजको राशिफल
Prime TV News एक महिना अगाडि 
विद्यासु शास्त्रेषु विवेकदीपेष्वाद्येषु वाक्येषु च का तवदन्या ।
ममतवगर्तेऽतिमहान्धकारे विभ्रामयत्येतदतीव विश्वम्
विद्याहरुमा ज्ञानलाई प्रकाशित गर्ने भएकी शास्त्रहरुमा तथा आदि वाक्य वेदमा हजुरको सिवाय अरु कसको वर्णन छ र तथा हजुरलाई छोडेर अर्को कुन यस्तो शक्ति छ जो यो विश्वको अज्ञानमय घोर अन्धकारवाट परिपूर्ण ममतारुपी यस खाल्टोमा निरन्तर म भड्किरहेको छ ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष चतुर्दशी परत पुर्णिमा तिथि कृतिका नक्षत्र मंसिर महिनाको १८ गते आज बिहिवार तदनुसार ४ डिसेम्वर २०२५ भद्रा करण लुम्ब योग, बृष राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ५ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ४१ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ६ मिनेट साझमा रहेको छ । आज धान्य पूर्णिमा ।
आजको राशिफल :-
मेषः– आज तपाईको खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहो¥याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।
वृषः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । झुठा आश्वासन दिनेहरुलाई तह लगाउन सकिने छ । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ । वादविवादबाट टाढै रहनु होला ।
मिथुनः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने दुेखिन्छ । वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।
कर्कटः–परिश्रम परेपनि विगतका कमजोरीहरुलाई सच्याउदै नयाँ अवसर जुटाउन सफल भइएला आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । लगनशिलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम गर्न सकिने छ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।
सिंहः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही चिजहरु त्याग्नु पर्ने देखिन्छ अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।
कन्याः– प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिःल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।
तुलाः– परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला उपलब्धि विहीन काममा समय बित्ने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । परिबन्धले स्वतन्त्रतामा बाधा पु¥याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।
वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।
धनु:-सुरुमा मन मिल्ने साथी भेटनुका साथै प्रेमको बन्धनमा कसिने सम्भावना देखिन्छ । मध्यान्हपछि परिस्थिति वस समस्यामा परिएला विरोधीहरु बढनाले चुनौतिहरु देखा पर्न सक्छन् । नजिकका साथी भाई टाढिनाले पनि समस्या आउने छ । स्वास्थ्यमा कमजोरी देखा पर्ने छ । अर्थ अभावले आटेको काम स्थगित हुन सक्छन । आफ्ना कमजोरीको फाइदा अरुले उठाउने छन् । तापनि अपरान्हदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । मिहिनेत गर्दा पद प्रतिष्ठा प्राप्त हुने छ ।
मकर:-भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइनेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका कुरा लिने बानीले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला झुठा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ ।
कुम्भ:-समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि बुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा प्रशस्तै व्यवसायका लागि यात्रा गरे अवसर जुर्न सक्छ ।
मीन: – कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।
-ज्यो घटराज निरौला













