नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

User Image Prime TV News ३ महिना अगाडि
Image of नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौ । नेपाल प्रिमियर लिग दोस्रो संस्करण आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुदैछ । पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच हुनेछ।

पाँच खेलमा चार अंक मात्र जोडेको पोखरालाई आज हारको अर्थ लगभग अन्त्य समान हुनेछ। कप्तान कुशल भुर्तेल नेतृत्वमा रहेको टोली दबाबमा छ र जितबिना अर्को विकल्प छैन।

काठमाण्डु भने कप्तान करण केसीको कमान्डमा ६ खेलबाट ८ अंकसहित सशक्त स्थितिमा छ। आजको जितले काठमाण्डुलाई प्लेअफ अन्तिम चरणमा सुरक्षित रूपमा पुर्‍याउन सक्छ, र यो मौका खेर जान दिए उनीहरू मूर्ख ठहरिनेछन्।

दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। सुदूरपश्चिम १० अंकसहित तालिकाको शिखरमा उभिएको छ र प्लेअफ सुनिश्चित गरिसकेको टोली भएर मैदानमा उत्रिनेछ।

कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा बलियो प्रदर्शन गर्दै आएको सुदूरपश्चिम अहिले प्रतियोगिताको सबैभन्दा खतरनाक शक्ति बनेको छ। तर चितवनका लागि आजको खेल कठोर परीक्षा हो। पाँच खेलबाट ४ अंकसहित प्लेअफ दौडमा छ। हार भयो भने उनीहरूको यात्रा यसै मैदानमै सकिने छ ।