धोबीखोलामा एक युवक मृत अवस्थामा फेला

User Image Prime TV News ३ महिना अगाडि
Image of धोबीखोलामा एक युवक मृत अवस्थामा फेला

काठमाडौं ।धोबीखोलामा बिहीबार बिहान अन्दाजी २५ वर्षको एक युवक मृत अवस्थामा फेला परेका छन्।

साइकलसहितै खोलामा डुबेको अवस्थामा भेटिएको हो । काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार मृत युवकको पहिचान अझै खुलेको छैन।

उनको फेला परेका कागजात तथा अन्य विवरणका आधारमा परिचय पुष्टि गर्ने प्रयास भइरहेको उनले बताए। प्रहरी घटनाको कारण र परिस्थितिबारे अनुसन्धान अघि बढाइसकेको छ।