एमाले महासचिव पोखरेलको टिप्पणी : लोडसेडिङ अन्त्यको श्रेय दिन कहिले सिक्ने?

User Image Prime TV News ३ महिना अगाडि
Image of एमाले महासचिव पोखरेलको टिप्पणी : लोडसेडिङ अन्त्यको श्रेय दिन कहिले सिक्ने?

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई लोडसेडिङमुक्त बनाउने योजनाको श्रेय कसलाई जाने भन्ने विषयमा पुनः प्रश्न उठाएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हालै ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

फेसबुकमा टिप्पणी गर्दै उनले लोडसेडिङ अन्त्य गर्ने प्रारम्भिक योजना एक व्यक्तिको भए पनि त्यसको श्रेय अर्कैले लिएको र अहिले तेस्रो व्यक्तिले त्यसकै नाममा पार्टी खोलेको जिकिर गरे। उनले लेखे, “लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना उसैलाई श्रेय दिने कहिले?”

पोखरेलले यसअघि पनि नेपाललाई लोडसेडिङमुक्त बनाउन मूल योजना एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै भएको दाबी गर्दै आएका छन्। उनले ओलीले पहिलो कार्यकालमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न एक वर्षभित्रको लक्ष्यसहित योजना बनाएको बताउदै आएका छन् ।