कान्ति राजमार्ग ६० दिनका लागि बन्द, मंसिर २० देखि दैनिक ६ घण्टा सवारी रोकिने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सडक स्तरोन्नति तथा भित्ताकाट कार्यका कारण कान्ति राजमार्ग ६० दिनकालागि आंशिक रूपमा बन्द हुने भएको छ। मंसिर २० गतेदेखि लागू हुने व्यवस्थाअनुसार दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिने बताइएको छ ।
कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारीका अनुसार राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेकाले भित्ताकाट जस्ता जोखिमयुक्त काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्नुपर्ने बाध्यता आएको जानकारी दिए । उनका अनुसार निर्धारित समयावधिमा भारी तथा हल्का दुवै सवारी सञ्चालनमा रोक लगाइने र कार्य पूरा भएपछि मात्रै पूर्ववत् रुपमा संचालन हुने बताए।
ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै बन्द अवधि भर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनले निर्माण कार्यले केही समय असुविधा भए पनि दीर्घकालीन रूपमा राजमार्ग सुरक्षित र सहज बन्ने भएकाले जनसहभागिता आवश्यक भएको उल्लेख गरेको छ।
निर्धारित ६० दिनसम्मको आंशिक बन्दले दैनिक आवागमन, स्थानीय बासिन्दा तथा मालवाहक सवारीमा प्रभाव पर्ने अनुमान गरिएको छ। तर, सम्बन्धित निकायले समयमै काम सम्पन्न गरी निर्धारित अवधिभित्रै सडक सुचारु गर्ने तयारी भइरहेको जनाएको छ ।













