नेपाली बजारमा सुन–चाँदीको मूल्य गिरावट, सुन तोलामा ८०० रुपैयाँले सस्तो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार बहुमूल्य धातुहरूको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँ मा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको मूल्य ३ हजार ६५५ रुपैयाँ भन्दा ३० रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढाव तथा स्थानीय मागको प्रभावसँगै नेपाली बजारमा सुन–चाँदीका मूल्यहरू निरन्तर परिवर्तन भइरहेका छन्।













