शेरबहादुर तामाङ उपमहासचिव पदमा उम्मेदवारी दिने तयारीमा
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ११ औँ महाधिवेशनमा उपमहासचिव पदका लागि दाबी पेश गर्न लागेका छन्। उनले यसअघि अध्यक्ष केपी शर्मा ओलीको पूर्ण समर्थन गर्ने बताएका छन्।
तामाङले आफ्ना नजिकका सहयोगीहरूलाई पठाएको सन्देशमा भनेका छन्, “महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ। हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु। हाम्रो सोलिडारिटी सधैँ रहनेछ।”
एमाले महाधिवेशन मङ्सिर २७ देखि सुरु हुने छ। यस महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहने निश्चित छ। ओली र पोखरेलको प्रतिस्पर्धासँगै अन्य नेताहरू पनि आफ्ना पक्षमा खुल्न थालेका छन्।













