एमाले महाधिवेशन उद्घाटनमा १० हजार स्वयंसेवक परिचालित हुने

User Image Prime TV News ३ महिना अगाडि
Image of एमाले महाधिवेशन उद्घाटनमा १० हजार स्वयंसेवक परिचालित हुने

काठमाडौ । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा करिब १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्।

महाधिवेशन मंसिर २७ मा भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा उद्घाटन हुने छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ। पार्टीको स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन सत्रमा जनसहभागिता बढी हुने अनुमान गर्दै १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको हो।

महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक कार्यमा रहनेछन्। ती स्वयंसेवक पार्टीका २४ जनसंठन र विभिन्न कमिटीबाट परिचालित गरिने बताइएको छ । यस पटकको महाधिवेशनमा एमालेको नयाँ राष्ट्रिय स्वयंसेवक फोर्सले पनि स्वयंसेवक समन्वयको जिम्मेवारी सम्हाल्नेछ।