नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा तीव्रता दिने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा तीव्रता दिने

काठमाडौ । १५औँ महाधिवेशनको मिति घोषणा भएपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण प्रक्रिया छिट्टै सम्पन्न गर्ने तयारी थालेको छ।

पार्टीका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम वितरण गर्न निर्देशन दिएका छन्। समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, “दुई दिनभित्र नयाँ सदस्यता फाराम देशभर पुर्‍याइनेछ। जनसंख्या र क्लस्टर संरचनालाई मापदण्ड बनाएर सदस्यता प्रक्रिया पूरा गर्ने योजना छ।”

सबै जिल्लाले अब सदस्यता नवीकरणमा सक्रिय भूमिका खेल्नेछन्। त्यस्तै, पार्टीका भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर छिट्टै टुङ्ग्याउने तयारी भइरहेको जानकारी दिइएको छ। समितिमा महामन्त्री गगन थापा संयोजक रहेका छन् भने अन्य सदस्यमा प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी, र सीता गुरुङ रहेका छन्।

पार्टीको उद्देश्य छिटोभन्दा छिटो क्रियाशील सदस्यता नवीकरण गरेर महाधिवेशन सफल बनाउनु रहेको नेताहरुले बताएका छन् ।