जुम्लाबाट काठमाडौं: ८ वर्षीय फुटबल स्टार सफल केसीको उज्यालो भविष्य

User Image Prime TV News ३ महिना अगाडि
Image of जुम्लाबाट काठमाडौं: ८ वर्षीय फुटबल स्टार सफल केसीको उज्यालो भविष्य

काठमाडौं । जुम्लाका  ८ बर्षीय एक बालकले फुटबलमा राम्रो सम्भावना देखाएपछि उनको थप यात्रा सुमधुर हुने भएको छ ।

फिफा फर स्कुल कार्यक्रमका लागि जुम्ला पुगेका अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य मनिष जोशीले जुम्लाका यी बालक सफल केसीको क्षमता देखेपछि काठमाडौं लिएर आएका हुन् । जोशीले आफ्नै खर्चमा फुटबल प्रतिभा केसीको अध्ययनका साथै खानपान र बसाईको जिम्मा लिएका छन् ।

उनको अध्ययन तथा बसाई काठमाडौंको डिभाइन स्कुलमा हुनेछ । जस्का लागि बिहीबार एन्फा सदस्य जोशी, सफल केसीका परिवार र स्कुलबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताको उद्देश्य सफलको असाधारण फुटबल प्रतिभालाई पोषण गर्नुका साथै उनको आवश्यक शैक्षिक क्षेत्र सुनिश्चित गर्नु भएको जोशीले बताए ।

डिभाइन स्कूलले पनि सफल जस्ता फुटबलमा सपना देख्नेहरूलाई समर्थन गर्ने र उनी मैदान र कक्षाकोठा दुवैमा चम्कन सकून भन्ने उद्देश्य लिएको बताएको छ । उत्कृष्ट प्रतिभा फेला पारेर उनको जीवनको अगाडिको यात्राको जिम्मेवारी लिएकोमा स्कुल र परिवारले एन्फा सदस्य जोशीप्रति आभार व्यक्त गरेको छ ।